Logo
Logo

सरकारले फेरि ल्यायो क्रसर निर्यातको योजना


441
Shares

काठमाडौं । सरकारले ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी निर्यात गर्ने योजनालाई पुनः अघि सारेको छ। बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले वातावरणीय प्रभाव मूल्यांकन र अध्ययन गरी नदीजन्य तथा खानीजन्य वस्तुको उत्पादन र निर्यात गर्ने घोषणा गरे। नेपाली वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिइने भन्दै बजेटमा यो विषय समेटिएको छ ।

यसअघि क्रसर उद्योगमार्फत यस्ता वस्तु निर्यात गर्ने योजनाले तीव्र आलोचना खेपेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले आयस्रोत वृद्धिका लागि ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी भारत निर्यात गर्ने योजना बनाएको छ ।

सरकारी अधिकारीहरूले हाल अनौपचारिक रूपमा भइरहेको क्रसर कारोबारलाई करको दायरामा ल्याई व्यवस्थित गर्न खोजिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्