Logo
Logo

पहिरोले घर पुरिँदा एक दम्पतिको मृत्यु, बेपत्ता ८ मध्ये ७ जनाको शव फेला


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ । आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका थिए ।
यस्तै, आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्