
काठमाडौं । सरकारले मोबाइलको तस्करी रोक्न आईएमईआई दर्ता गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दर्ता गर्ने व्यवस्था सुरु गर्ने व्यवस्थालाई निरन्तरता दिएको हो । यसअघि नै एमडीएमएसको पूर्वधार तयार भएपनि सरकारले त्यसलाई लागू गर्न सकेको छैन ।
उनले भने, ‘नविनतम प्रविधिलाई प्रोत्साहन गर्ने छ । डाटा सेन्टर निर्माण गर्न निजी क्षेत्रसंग सहकार्यगरी अघि बढाउने भएको छ । तथ्यांक सुरक्षित राख्नको लागि क्लाउड पूर्वधार निर्माणमा सहयोग गर्ने छ ।’ नेपाल दूरसञ्चार प्राधिकरणको पुनसंरचना गरिने उनले बताए ।











