Logo
Logo

झापामा सबै खेल आयोजना गर्न सकिने आधुनिक रंगशाला बनाइने


567
Shares

काठमाडौं । सरकारले झापाको दमकमा सबै प्रकारका खेलको प्रतियोगिता आयोजना गर्न सकिने आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार संघीय सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दमकमा सबैखाले प्रतियोगिता आयोजना गर्न सकिने रंगशाला निर्माण गरिने जनाएका हुन् ।

उनले भने, ‘झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्मण गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्