Logo
Logo

महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क तिर्न नपर्ने


504
Shares

काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ‘महिला लक्षित उद्यमशीलता प्रवद्र्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरु वृद्धि गरिने बताएका हुन् । गृहिणी महिलाको श्रम र सिपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

यसअघि पनि सरकारले महिलाको नाममा निश्चित ठाउँ जस्तै औद्योगीक ग्राममा महिलाको नाममा उद्योग दर्ता गराउदा छुट दिँदै आएको थियो । तर यसपटक भने महिलालाई रोजगारीसँग जोड्न सरकारले निःशुल्क उद्योग र कम्पनी दर्ता, र नवीकरण निःशुल्क गरेको हो ।

प्रतिक्रिया दिनुहोस्