काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

किर्तिपुरस्थित यस रङ्गशालाको स्तरोन्नति कार्यलाई तीव्र बनाउन सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि यो रकम छुट्याएको हो ।
यससँगै, चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सिर्जित सम्पत्ति खरिद गर्न सरकारले सशर्त अनुदानको व्यवस्था समेत गरेको छ ।














