Logo
Logo

गृहमन्त्री लेखकको संलग्नताको प्रमाण हामीसँग छ : रास्वपा 


2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको यथेष्ट प्रमाण आफूहरूसँग रहेको दाबी गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले ती प्रमाणहरू आगामी संसद् बैठकमा प्रस्तुत गरिने जानकारी दिएका छन् ।

बिहीबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले भने, “गृहमन्त्रीज्यूको संलग्नताका यथेष्ट प्रमाणहरू सङ्कलन गरेका छौँ, जुन अबको बैठकमा सार्वजनिक गर्नेछौँ ।”

उनले रास्वपाले आजको संसद् बैठकलाई सहज रूपमा सञ्चालन हुन दिने निर्णय राजनीतिक सुझबुझका आधारमा गरिएको पनि बताए। तथापि, अबदेखि सामान्य रूपमा प्रस्तुत नहुने चेतावनी दिए ।

“संवैधानिक प्रक्रियालाई व्यवधान पुर्‍याउने उद्देश्य हाम्रो थिएन, त्यसैले आजको बैठक सरल रूपमा जान दियौँ,” उनले भने, “तर अबको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन नगरेसम्म संसद् सहज रूपमा चल्न नदिने निष्कर्षमा पुगेका छौँ ।”

रास्वपाले पछिल्लो समय भिजिट भिसा काण्डमा उच्चस्तरीय संलग्नता भएको आरोप लगाउँदै आएको छ। पार्टीले सो प्रकरणलाई संसद्मा प्रमुख एजेन्डाका रूपमा उठाउने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्