Logo
Logo

राजावादी प्रदर्शनमा घुसपैठ : पाँच जना पक्राउ


1.8k
Shares

काठमाडौं । राजावादी प्रदर्शनमा घुसपैठ गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

पक्राउ पर्नेहरूमा डोटीका पारस राणा, नुवाकोटका आशिष लामा, कैलालीका शिवराज जैसी, पर्वतका घनश्याम न्यौपाने र भारत बिहारका ब्रिज मोहन राय रहेका छन् ।

राय र न्यौपानेलाई सिंहदरबार प्रहरी वृत्त, जैसीलाई दरबारमार्ग प्रहरी वृत्त, र अन्य दुई जनालाई जनसेवा प्रहरी वृत्तको हिरासतमा राखिएको छ । प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्