Logo
Logo

बजेट उत्ताउलो र गैरजिम्मेवार छैनः रास्वपा


2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद् बैठकमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेस गरेको छ, त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ ।’

उनले नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँको अनुमान गरिएको उल्लेख गरे । पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने उनले विश्वास व्यक्त गरे ।

उनले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको समेत बताए ।

सरकारले ल्याएको बजेट उत्ताउलो नभए पनि १६ खर्बभन्दा बढी खर्च हुने आधार नरहेको उपसभापति वाग्लेले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्