Logo
Logo

पीएम कप एनभीए भलिबल लिग : टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई उपाधि 


819
Shares

काठमाडौं । गण्डकी प्रदेशमाथि पुनरागमन जित निकाल्दै टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले पोखरामा सम्पन्न नवौँ पीएम कप एनभीए भलिबल लिगको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रगंशालास्थित कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि हात पारेको हो । 

सुरुवाती २ सेटमा पछि परेको हेल्प नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । हेल्प नेपालले गण्डकीलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र १५–८ को जित दर्ता गरेको हो । आजै भएको महिलातर्फको फाइनलमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् एकेडेमीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले महिलातर्फको उपाधि जितेको छ । 

पुलिस क्लबले डायमण्डलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने २२–२५ ले डायमण्डलाई सुम्पियो । तर त्यसपछिका दुई सेटमा लगातार पुनरागमन गर्दै पुलिस क्लबले उपाधि जितेको हो। प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसले २८–२६ को जित निकाल्यो । तर एकपक्षिय चौथो सेट पुलिसले २५–१४ ले सहजै जित हात पार्‍यो । 

आजै भएको महिलातर्फको तेस्रो स्थानको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको छ। लिगको दुवैतर्फका विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले २ लाख रुपैंया पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्