Logo
Logo

डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा


5.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख डीआईजी सिद्धिविक्रम शाह अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा भएका छन् ।

The current image has no alternative text. The file name is: aig.gif

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको एआईजी पदमा शाहलाई बढुवा गर्ने निर्णय गरेको हो । यसअघि जेठ ६ गते बसेको बढुवा समितिको बैठकले उनलाई पहिलो वरीयतामा राख्दै सिफारिस गरेको थियो ।

शाहलाई कार्य विभागमा पदस्थापन गरिएको छ । विभागीय प्रमुख एआईजी लालमणि आचार्य जेठ ११ गते अनिवार्य अवकाशमा गएपछि विभाग नेतृत्वविहीन बनेको थियो ।

शाह आफ्नो ब्याचबाट एआईजी बन्ने पहिला प्रहरी अधिकृत हुन्, जबकि उनका ब्याचका अन्य अधिकृत हाल डीआईजीमा सीमित छन् ।

प्रतिक्रिया दिनुहोस्