Logo
Logo

बजेटले निराशा सम्बोधन गर्न सकेन : जनार्दन शर्मा


630
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले जनतामा देखिएको निराशा सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार संघीय संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता नदिएको दाबी गरे ।

शर्माले भने, “बजेटले निरन्तरताको कुरा मात्र गरेको छ, तर भन्सार वा रेमिट्यान्समा आधारित नभई आफ्नै उत्पादनमा आधारित अर्थतन्त्र बनाउनेतर्फ ध्यान दिइएन। जबसम्म उत्पादनमुखी संरचना निर्माण हुँदैन, तबसम्म गुणात्मक आर्थिक विकास सम्भव छैन ।”

स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा विगतका सरकारले बेवास्ता गर्दै आएको र यो बजेटले पनि जनतालाई यी क्षेत्रमा गुणात्मक राहत दिन नसक्ने स्पष्ट भएको उनले बताए ।

सरकारले आन्तरिक विमानस्थलको निर्माण र विस्तार गर्दा आर्थिक तथा व्यवसायिक सम्भाव्यता हेर्ने भनाइपछि पूर्व अर्थमन्त्री शर्माले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताए ।

“विमानस्थल राज्यको लगानीमा बन्न सक्दैन । यदि अन्तर्राष्ट्रिय लगानीकर्ताले निर्माण गर्छन् भने त्यसले देशलाई हानि गर्दैन,” उनले भने, “नेपालको भौगोलिक अवस्थिति यस्तो छ जहाँ विमान ल्यान्ड गर्न वा इन्धन भर्न उपयुक्त छ। यसले देशको राजस्व र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।”

प्रतिक्रिया दिनुहोस्