Logo
Logo

नेपाली खेलकुदलाई कीर्तिमानी बजेट, क्रिकेट पूर्वाधारमा विशेष जोड


378
Shares

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ मा युवा तथा खेलकुद मन्त्रालयलाई हालसम्मकै सर्वाधिक ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको ३ अर्ब ५० करोड ४८ लाखभन्दा २ अर्ब ५८ करोड बढी हो । यसअघि २०७६/७७ मा ३ अर्ब ९९ करोड ८ लाख उच्च मानिएको थियो ।

The current image has no alternative text. The file name is: cricket-3.gif

यो बजेटमा क्रिकेट पूर्वाधारलाई प्राथमिकता दिइएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड र मूलपानी, बैजनाथपुर, फाप्ला, सिद्धार्थ र गौतम बुद्ध रङ्गशालाका लागि ४२ करोड छुट्याइएको छ । चितवनको गौतम बुद्ध रङ्गशालाका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ ।

सोलुखुम्बु, मुस्ताङ र जुम्लामा उच्च हाइ अल्टिच्यूड स्टेडियम र झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको योजना पनि समावेश छ । बजेट उत्साहजनक भए पनि प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय आवश्यक छ । बहुवर्षीय योजनाहरूको सफलताका लागि प्रक्रियागत समन्वयमा जोड दिइएको छ ।

यसैबीच, १०औँ राष्ट्रिय खेलकुदको बजेट घटाइएको छ । सुर्खेतमा हुने भनिएको प्रतियोगिताको मिति अनिश्चित छ। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनका सन्तानका लागि शैक्षिक छात्रवृत्ति, महिला खेलाडीका लागि तालिम र पुरस्कार, तथा प्रत्येक प्रदेशमा तीन विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालनको योजना पनि बजेटमा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्