Logo
Logo

बिचौलिया समूहका भट्ट लगानी बोर्डको सिईओ नियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ साउन ।
शक्तिकेन्द्रलाई हातमा लिएर देशमा बिचौलियाको काम गर्ने समूहका व्यक्ति लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त भएका छन् । हाइड्रो लगायत विभिन्न क्षेत्रमा विवादास्पद काम गरेका सुशील भट्टलाई सरकारले सिईओ बनाएको हो ।


उनी ठेकदार दीपक भट्टका दाई हुन् । उनीहरु सँगै व्यवसाय गर्छन् । सो समूहले नेपालमा दर्जनौं ठूला ठेक्का हात पारेर काम अलपत्र पार्दै आएको छ । विवादास्पद व्यक्तिलाई ठेकदारमा नियुक्त गरिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । चलखेलका आधारमा यस्तो नियुक्ति भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्