काठमाडौं । मोटरसाइकल, स्कूटर प्रयोगकर्ता र निर्माण क्षेत्रमा काम गर्ने कामदारले प्रयोग गर्ने हेल्मेटमा लाग्ने भन्सार महसुल बढाइएको छ । यसअघि १५ प्रतिशत रहेको भन्सार दरलाई आर्थिक विधेयकमार्फत २० प्रतिशत पुर्याइएको छ ।

यद्यपि, पर्यटन विभागको सिफारिसमा राफ्टिङ सेवा सञ्चालक व्यवसायीले आफ्नो व्यवसायका लागि पहिलो पटक १०० थान हेल्मेट आयात गर्दा ५ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँ बराबरका ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यसमध्ये ४५ लाख ५५ हजार थान हेल्मेट भारतबाट आयात भएका छन् ।











