Logo
Logo

मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित


1.5k
Shares

काठमाडौं । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शुक्रवार घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ । क्लोज डोरमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भने गोल खाएको हो । 

नेपालले यो खेल उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारी स्वरूप खेलेको हो । यसपछि नेपाल र थाइल्यान्डबीच जुन २ मा अर्को मैत्रीपूर्ण फुटबल खेल्ने छ। उक्त खेल भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्