Logo
Logo

केपी ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन् : ज्ञानेन्द्र शाही


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कुर्सीमा बस्न लायक नभएको बताएका छन् ।  उनले प्रधानमन्त्री ओलीलाई नवीन समझदारी कायम नगरे भाग्नुपर्ने अवस्था आउने भन्दै हेलिकप्टर खोज्न चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राप्रपाले राजतन्त्र पुनर्स्थापनाको माग राख्दै सुरु गरेको अनिश्चितकालीन आन्दोलनलाई सम्बोधन गर्ने क्रममा शाहीले यस्तो टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री ओलीको ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने हालैको अभिव्यक्तिप्रति कटाक्ष गर्दै शाहीले भने, “तपाईँले काठमाडौं कब्जा गर्ने भन्नुभयो, तर हिजो तपाईँको कब्जा देखियो । ४ सय जना पनि जम्मा गर्न नसक्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन । यो हाम्रो आन्दोलनको सुरुआत हो, अन्त्य होइन। यो राष्ट्रवादी आन्दोलन हो ।”

शाहीले राष्ट्रिय झन्डा बोकेर सुरु भएको यो आन्दोलनले भ्रष्टाचारको अन्त्य गर्दै सफलता हासिल गर्ने दाबी गरे। उनले राप्रपाको आन्दोलनले मुलुकमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने लक्ष्य राखेको बताए । 

प्रतिक्रिया दिनुहोस्