Logo
Logo

राजावादी प्रदर्शनमा घुसपैठको आरोपमा एक जना पक्राउ


1.1k
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, पक्राउ परेका व्यक्तिलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालको समर्थनमा गत १५ जेठदेखि काठमाडौंमा राजसंस्थाको माग राख्दै प्रदर्शन भइरहेको छ । शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने योजना भए पनि उक्त क्षेत्रलाई निषेधित घोषणा गरिएपछि राजावादीहरूले शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्