Logo
Logo

सार्वजनिक ऋण कति पुग्यो हिसाब नगर्नुस्, साउँ-ब्याज तिरिन्छ : अर्थमन्त्री विष्णु पौडेल


1.2k
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट सकारात्मक रहेको र यसको कार्यान्वयन पनि प्रभावकारी हुने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिवार आयोजना गरेको पोस्ट-बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बजेटले ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

The current image has no alternative text. The file name is: bishun-paudel.jpg

मन्त्री पौडेलले बजेट निर्माणमा सिद्धान्त र स्रोत व्यवस्थापनलाई प्राथमिकता दिएको बताए । “बजेट सीमाभित्र रहेर बनाइएको छ । राजस्वको लक्ष्य आगामी आर्थिक वर्षभित्रै हासिल हुन्छ, र वर्षको अन्त्यमा प्रश्न उठ्ने अवस्था आउन दिइने छैन,” उनले भने । राजस्व सङ्कलनका लागि केही मेहनत आवश्यक रहे पनि सरकार त्यसमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सार्वजनिक ऋणको हिसाबमा चिन्ता नगर्न आग्रह गर्दै मन्त्री पौडेलले साँवा९ब्याज तिर्न पर्याप्त ऋण व्यवस्थापन गरिएको बताए । आर्थिक विज्ञहरूबाट प्राप्त सकारात्मक सुझावले आफू उत्साहित भएको उनले उल्लेख गरे। “खर्च गर्नुपर्ने क्षेत्र देखाउने र खर्च बढाएको भन्ने कुरा आफैँमा विरोधाभासपूर्ण छ। बजेटले स्रोत परिचालनलाई प्राथमिकता दिएको छ,” उनले भने ।

साना योजनाहरूमा बजेटको दुरुपयोग रोक्न सरकार सजग रहेको र खुद्रा योजनामा होसियारी अपनाइएको उनले बता ए। गत र चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मुद्रास्फीतिलाई आधार बनाएर बजेट तयार गरिएको उनको भनाइ छ। बजेटले निजी क्षेत्रलाई सरकारले सबै आवश्यक सहयोग गर्ने सन्देश दिएको उनले उल्लेख गरे ।

मन्त्री पौडेलले युवा उद्यमीलाई प्रोत्साहन गर्न र निजी क्षेत्रलाई अघि बढाउन सरकार सधैँ तयार रहेको बताए। निर्माण क्षेत्रका समस्यालाई समाधान गर्न ऐन९कानुन संशोधनमा पनि सरकारले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । आयोजनाहरू निर्धारित समयमा सम्पन्न होउन् भन्ने सरकारको उद्देश्य रहेको र त्यसका लागि आवश्यक सहजीकरण गरिने उनले बताए ।

डिजिटल बैङ्किङका लागि पूर्वाधार निर्माणमा सरकार र नेपाल राष्ट्र बैङ्कले समन्वय गर्ने मन्त्री पौडेलले उल्लेख गरे । साथै, ट्रान्समिसन लाइन र आयोजनालाई सँगसँगै अघि बढाउने योजना रहेको उनले बताए। वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थको उपयोगमा बजेटले ध्यान दिएको उनको भनाइ छ । बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको भन्दै मन्त्री पौडेलले सबै क्षेत्रलाई सहकार्यका लागि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्