Logo
Logo

एकल बहुमत ल्याउनबाट एमालेलाई कसैले रोक्न सक्दैन : ओली


567
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्त्वाकाङ्क्षा त्यागेर राष्ट्रिय हित र समृद्ध नेपालको लक्ष्यमा अघि बढेमा आगामी २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उनले एमालेमाथि विगतमा भएका घेराबन्दी र विभाजनका प्रयासलाई पराजित गर्दै पार्टी देशको लोकप्रिय शक्ति बनेको बताए ।

The current image has no alternative text. The file name is: kp-oli-2.jpg

“विचार र विकासको नायक पार्टीलाई निध्याउने प्रयास भए, तर हामी सुदृढ भएर फर्कियौँ,” उनले भने । ओलीले सङ्क्रमणकालीन अवस्थामा बुद्धिजीवीहरूले देशको निकास र सुधारमा सक्रिय भूमिका खेल्नुपर्ने बताए । 

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्दै राजतन्त्र पुनःस्थापनाको कुरालाई अप्रासङ्गिक ठहर गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत उपस्थित थिए, र विभिन्न बुद्धिजीवीलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्