Logo
Logo

कांग्रेसभित्र देउवाभन्दा धेरैले राम्रो प्रधानमन्त्री चलाउन सक्छन् : गगन थापा


2.4k
Shares

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाभन्दा अन्य दर्जनौँ नेताले प्रधानमन्त्रीको भूमिका राम्रोसँग निर्वाह गर्न सक्ने दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

The current image has no alternative text. The file name is: gagan-thapa.gif

“आजको प्रश्नको जवाफ दिन नसके मान्छे पछाडि फर्कन्छ। मेरो पार्टीका सभापति १२–१५ महिनापछि प्रधानमन्त्री हुने कुरा छ, तर मलाई विश्वास छ, उहाँभन्दा कांग्रेसभित्र अन्य धेरै नेताले राम्रोसँग प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सक्छन्,” थापाले भने ।

फरक प्रसङ्गमा उनले नेपालमा राजतन्त्रलाई कहिल्यै संवैधानिक बनाउन नसकिने जिकिर गरे । “नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले न हिजो, न भोलि, कसैले पनि यसलाई संवैधानिक बनाउन सक्दैन । हाम्रो बहस राजतन्त्र कि गणतन्त्र भन्नेमा हो, संवैधानिक राजसंस्थाको कुरै हुँदैन,” उनले प्रस्ट पारे। 
थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापनाको लागि खुलेर मैदानमा उत्रिन चुनौती दिँदै भने, “राजतन्त्र ल्याउँछु भन्ने ज्ञानेन्द्र शाहले सट्टापट्टाको बार्गेनिङ छोडेर सिधै मैदानमा आउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्