Logo
Logo

गणतन्त्र पक्षधरहरू एकजुट भए राजावादीहरू रहँदैन : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधरहरू एकजुट भएमा राजावादीहरूको कुनै प्रभाव नरहने बताएका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा रहेको वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधरहरू एक ठाउँमा उभिएर खबरदारी गर्नुपर्नेमा जोड दिए ।

“गणतन्त्रवादीहरू एकजुट भएर खबरदारी गर्ने बित्तिकै राजावादीहरूको केही रहँदैन,” प्रचण्डले भने । उनले राजतन्त्रले देशलाई गरिब बनाएको र हिंसा निम्त्याएको उल्लेख गर्दै यस्तो व्यवस्था फर्काउन खोज्ने प्रयास असम्भव रहेको दाबी गरे । 

प्रचण्डले जनताको आक्रोश गणतन्त्रप्रति नभई भ्रष्टाचार र विभेदलाई संरक्षण गर्ने नेतृत्वप्रति रहेको बताए । “आर्थिक समृद्धि जनअपेक्षाअनुसार नहुँदा असन्तुष्टि छ, तर यो गणतन्त्रविरुद्ध होइन, नेताहरूको कमजोरीप्रति हो,” उनले प्रस्ट पारे । 

शिक्षा क्षेत्रमा अपर्याप्त बजेट विनियोजन भएको स्वीकार गर्दै उनले आफ्नो अघिल्लो कार्यकालमा शिक्षा विधेयक संसद्मा पेस भएको र शिक्षकहरूसँगको सहमतिअनुसार यो पारित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्