Logo
Logo

महासंघमा वरिष्ठ पद घाँडो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन । २०७६ साल चैत २८/२९ गते सम्पन्न हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा चैत ११ गतेको लकडाउनका कारण अनिश्चित बन्यो । त्यसपछि लकडाउन खुलेपछि साउन २६/२७ मा गर्ने भनियो । त्यो पनि अचानक स्थगित भएपछि साधारणसभाको मिति तोक्न साउन २१ गते बुधबार कार्यसमितिको बैठक बोलाइएको छ । यसबीच वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका चन्द्र ढकाल समूह र किशोर प्रधान समूहले चुनावको व्यापक तयारी गरेका छन् । ढकालले बालुवाटारको परेली पार्टी प्यालेसलाई सम्पर्क स्थान बनाए, भने प्रधानले पाटनको याक प्यालेसलाई सम्पर्क कार्यालय बनाए । यी दुवैको सम्पर्क कार्यालयको अवलोकन गर्ने मतदाताले याक प्यालेसभन्दा परेली पार्टी प्यालेसको तौल बढी देखे । याक प्यालेसमा प्रधानलाई नमस्कार गर्न पुग्नेहरु बेलुकी परेली पार्टी प्यालेसमा आएर उनै प्रधानको आलोचना गर्ने गरेको पनि दृश्य देखियो । महासंघमा मतदाता यस्ता पनि छन्, जो बिहान एक ठाउँमा पुगेर ढकालको जित सुनिश्चित छ भन्छन् । तिनै व्यक्ति बेलुकी प्रधानकहाँ पुगेर तपाईंको जित सुनिश्चित छ भन्छन् । यस्ता ढुलमुले मतदाता नै महासंघको निर्वाचनमा निर्णायक हुने भएकाले त्यस्ता मतदातालाई लगाम कस्न पूर्वअध्यक्ष चण्डीराज ढकाल दिनरात दौडधुप गरिरहेका छन् । पूर्वअध्यक्ष ढकालको यो स्वभाव अन्य पूर्वअध्यक्षहरुलाई मन परेको छैन । तर, पनि पूर्वअध्यक्षहरु प्रधान र ढकाल मिलाउने प्रयासमा छन् ।

भोलि साउन २१ गते बस्ने कार्यसमिति बैठकमा सामाजिक दूरी कायम गर्दै मतदान गर्न सकिने ‘मोडालिटी’का विषयमा छलफल हुने बताइन्छ । प्रज्ञा भवन कमलादीमा साधारणसभा गर्ने हो भने पनि प्रमुख अतिथि प्रधानमन्त्रीलाई भिडियो सन्देशमार्फत उद्घाटन गर्न सकिने र जिल्ला÷नगर, एशोसिएट र वस्तुगतको छुट्टछुट्टै मतपेटिका राखेर मतदान गर्न सकिने कार्यसमितिका एक जना सदस्यले बताएका छन् । तर, अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छाले आफ्ना उम्मेदवारहरु हार्ने डरले मिति तोक्न डराएको आरोप लगाएका छन् । नयाँ कार्यसमिति चयन भएपछि मात्र शेखर गोल्छाले अध्यक्षको पद ग्रहण गर्नेछन् । जति ढिलो चुनाव भयो, त्यति नोक्सानी गोल्छालाई पर्ने छ । किनभने, चैतदेखि अध्यक्ष राणा स्वतः निवर्तमान भइसकेका छन् ।

महासंघलाई अस्वस्थ प्रतिस्पर्धाबाट अलग राख्न र गुटगत राजनीति अन्त्य गर्न वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने भनेर विधान संशोधन गरियो । एक प्रकारले महासंघको नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षलाई सजिलो होस् भनेर यसो गरिएको भए पनि महासंघलाई वरिष्ठ उपाध्यक्ष पद नै घाँडो बन्दै गएको छ । प्रत्यक्ष अध्यक्षको निर्वाचन लड्दा धेरै पैसा खर्च हुने र अस्वस्थ प्रतिस्पर्धा हुने भनेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भनिए पनि वरिष्ठ उपाध्यक्षमा भएको अस्वस्थ प्रतिस्पर्धाले महासंघलाई जरैदेखि गुटबन्दीमा धकेल्ने काम गरेको छ । विगतमा अध्यक्ष पदका लागि सिधै प्रतिस्पर्धा हुन्थ्यो । भवानी राणालाई अध्यक्ष बनाउन चण्डी ढकालले विधान संशोधन गरेपछि महासंघ अन्त्यहीन द्वन्द्वमा फसेको छ ।

६९ सदस्यीय कार्यसमितिमा भावी अध्यक्ष शेखर गोल्छाले बहुमत गुमाए भने उनी सुरुका दिनदेखि असफल हुनेछन् । त्यसै पनि गोल्छा अहिले प्रधानको पक्षमा खुलेर लागेका छन् । यदि प्रधान समूहले चुनाव हा¥यो भने गोल्छाको कार्यकाल असफल हुने निश्चित छ । त्यसैले धेरैले गोल्छालाई तठस्थ बस्न आग्रह गरेका छन् । अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष गोल्छा स्वयं एकातर्फ ढल्केपछि महासंघभित्र अस्वस्थ प्रतिस्पर्धा हुनु नौलो कुरा भएन । यो स्थितिबाट महासंघलाई जोगाउन पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले धेरै प्रयास गर्दै आएका छन् । तर, १२ वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखे पनि जस्ताको तस्तै जस्तो भएको छ महासंघको राजनीति ।

भोलि साउन २१ गते बस्ने कार्यसमिति बैठकमा सामाजिक दूरी कायम गर्दै मतदान गर्न सकिने ‘मोडालिटी’का विषयमा छलफल हुने बताइन्छ । प्रज्ञा भवन कमलादीमा साधारणसभा गर्ने हो भने पनि प्रमुख अतिथि प्रधानमन्त्रीलाई भिडियो सन्देशमार्फत उद्घाटन गर्न सकिने र जिल्ला÷नगर, एशोसिएट र वस्तुगतको छुट्टछुट्टै मतपेटिका राखेर मतदान गर्न सकिने कार्यसमितिका एक जना सदस्यले बताएका छन् । तर, अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छाले आफ्ना उम्मेदवारहरु हार्ने डरले मिति तोक्न डराएको आरोप लगाएका छन् । नयाँ कार्यसमिति चयन भएपछि मात्र शेखर गोल्छाले अध्यक्षको पद ग्रहण गर्नेछन् । जति ढिलो चुनाव भयो, त्यति नोक्सानी गोल्छालाई पर्ने छ । किनभने, चैतदेखि अध्यक्ष राणा स्वतः निवर्तमान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्