Logo
Logo

राति मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना


2.2k
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिवार बेलुका देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, साथै देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

यस्तै, कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने अनुमान छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोसी र मधेस प्रदेशका केही स्थान, पहाडी भूभागका थोरै स्थान र बाँकी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने बताएको छ । कोसी र मधेस प्रदेशमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । 

यो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्