
काठमाडौं । रोल्पामा तेह्रौँ दिनको पुन्य तिथिको प्रसाद खाएका एक सय १० जना भन्दा धेरै बिरामी परेका छन् । शनिबार रोल्पा नगरपालिका–३ चौरपानी निवासी तिलकप्रसाद रोक्काको घरमा तेह्रौँ दिनको पुन्य तिथिको प्रसाद खाएका आफन्त तथा गाउँलेहरु बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माले तिलकप्रसादका बुवाको तेह्रौँ दिनको पुन्य तिथिको प्रसाद खाने गाउँभरिका मान्छे बिरामी परेको जानकारी दिए ।
चिकित्सकका अनुसार ‘फुड प्वाइजन’को कारण उनीहरु बिरामी परेका हुन् । रोक्काको घरमा उनीहरुले दालभात, पुरी, अचारसहितको खाना खााएको थिए । बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ ।
अहिलेसम्म अधिकांश बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने आठजनाको अहिले पनि जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी विश्वकर्माले बताए ।














