Logo
Logo

कर्णाली डेभलपमेन्ट बैङ्कमा अर्बौँ अपचलन


630
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा २ अर्ब ६० करोड रुपैयाँको अनियमितता भएको खुलासा भएको छ । केन्द्रीय बैङ्कको व्यवस्थापन समूहले पाँच महिनाको अध्ययनपछि यो तथ्य बाहिर ल्याएको हो ।

अनियमिततामा संलग्न मुख्य योजनाकारका रूपमा चिनिएका पूर्वअध्यक्ष तथा कार्यकारी प्रमुख राजेन्द्रवीर रायलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।  सोही विषयमा जोडिएका अन्य तीन जना फरार छन् ।

२०७० देखि बैङ्कका सञ्चालक र उच्च व्यवस्थापनको मिलेमतोमा नगद र सम्पत्तिको व्यक्तिगत दुरुपयोग भएको पाइएको छ । फर्जी कम्पनी खडा गरी कर्जा लिने, अरूको धितो दुरुपयोग गर्ने र नक्कली प्रमाणपत्र बनाएर अनिवार्य नगद मौज्दात देखाउने जस्ता अनियमितता भएको पाइएको हो ।  बैङ्कको आन्तरिक र बाह्य लेखापरीक्षणमा समेत सञ्चालकको संलग्नताले समस्या जटिल बनेको छ ।

रायसहित पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त प्रमुख वेदप्रकाश ठकुरी र हालका सीईओ निरजविक्रम शाहमाथि अनियमितताको आरोप  लागेको छ । प्रहरी अनुसन्धानले रकम अझ बढ्न सक्ने देखाएको छ । केन्द्रीय बैङ्कले निक्षेपकर्ताको बचत फिर्ता र कर्जा असुलीमा काम गरिरहेको छ । व्यवस्थापन समूह निक्षेप फिर्ता गर्न आशावादी छ, तर घरजग्गा कारोबारमा सुस्तताले धितो बिक्रीमा समय लाग्न सक्ने देखिन्छ ।

केन्द्रीय बैङ्कले टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ, जसमा विष्णुकुमार विश्वकर्मा र कुशवाह छन् । 

प्रतिक्रिया दिनुहोस्