Logo
Logo

कमल थापासहितलाई तत्काल रिहा गरियोस् : राप्रपा 


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५ गतेदेखि काठमाडौंमा जारी शान्तिपूर्ण प्रदर्शनमाथि आइतबार प्रहरी हस्तक्षेप भएको भन्दै कडा आपत्ति जनाएको छ । 

The current image has no alternative text. The file name is: rajendra.jpg

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रहरीको व्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार, नक्सालको नारायणचौर क्षेत्रमा निषेधित क्षेत्र घोषणा नभएको स्थानमा प्रशासनको हस्तक्षेप भएको भन्दै बैठकले उक्त कार्यको निन्दा गरेको छ ।

नारायणचौरमा भएको हस्तक्षेपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जना नेता९कार्यकर्ता पक्राउ परेका छन् । साथै, पक्राउ परेका नेतालाई भेट्न पुगेका प्रतिनिधिसभाका सांसद तथा राप्रपा कार्यसम्पादन समितिका सदस्य दीपकबहादुर सिंहलाई पनि जिल्ला प्रहरी परिसर, भद्रकालीमा नियन्त्रणमा लिइएकोप्रति पार्टीले आपत्ति जनाएको छ ।

राप्रपाले यो घटनालाई संविधानविपरीत, अलोकतान्त्रिक र सर्वसत्तावादी प्रवृत्तिको प्रदर्शन भएको ठहर गर्दै विचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको अतिक्रमण भएको निष्कर्ष निकालेको छ । 

पार्टी प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पक्राउ परेका सबै नेता तथा कार्यकर्तालाई तत्काल र बिनासर्त रिहा गर्न सरकारसँग माग गर्छौँ।” यदि यो माग पूरा नभए पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्