काठमाडौं । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले काठमाडौंका तीन क्षेत्र बाहेकलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न भनेको हो । यी क्षेत्रबाहेक अन्य स्थानमा निषेधित क्षेत्र तोकिएको छ ।

चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै निषेधित निषेधज्ञा जारी गरिएको जनाइएको छ । उक्त क्षेत्रमा दुई महिनासम्म अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जिल्ला प्रसाशनले जनाएको छ ।
यसअघि भूलवश तीन स्थानमा निषेधित क्षेत्र भएकोमा क्षमापार्थी छौं । (सम्पादक)