Logo
Logo

कमल थापासहित सातजना छुटे, एक हिरासतमै


1.5k
Shares

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा आइतबार दिउँसो नियन्त्रणमा लिइएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित ७ जनालाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनीहरुलाई आइतबार साँझ छाडिएको हो ।

राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली, राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना र डा. राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूले भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोपमा प्रहरीले प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको जनाइएको थियो ।

नियन्त्रणमा लिइएका आठ जनामध्ये एक जनालाई भने हिरासतमै राखिएको छ । एसपी बोहराका अनुसार झालाई प्रहरीले हिरासतमै राख्न लागेको हो । उनले मादक पदार्थ सेवन गरी भीडमा अपशब्द बोलेको आरोपमा हिरासतमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्