Logo
Logo

राजावादीले फिर्ता लिए उपत्यका बन्द आह्वान


1k
Shares

काठमाडौं । राजावादी तथा राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए ।

तर, प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ ।

बन्दबारे राजावादीभित्रै मत बाझिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले बन्दमा सहभागी नहुने निर्णय गरेको थियो । कमल थापालगायत सात जना छटेलगगत्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बन्दमा सहभागी नहुने जनाएका थिए । त्यसपछि जनआन्दोलन समितिले पनि फिर्ता लिने निर्णय गरेको हो । बन्दको फिर्ता लिए पनि विरोधको कार्यक्रम भने जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्