Logo
Logo

कांग्रेसले भन्यो- गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु खोजिँदै छ


819
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु अनुचित भएको जनाएको छ ।
आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो धारणा राखेका हुन् ।

उनले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोजिएको भन्दै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको महतले बताए ।

राजावादीहरुको प्रदर्शनलाई लक्षित गर्दै उनले भने, ‘हामीले संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्छ भनेर सरकारले भनेको हो । संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।

प्रतिक्रिया दिनुहोस्