काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदो खन्यो भन्दैमा सत्य अंगाल्न नछोड्न कार्यकर्तालाई आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको आग्रह छ ।

प्रधानमन्त्री ओलीले सोमबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनुप¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ ।
सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं ।’ उनले ‘म झोले हो’ लेखिएको पोस्टर पनि पोष्ट गरेका छन् । पोस्टरमा लेखिएको छ– ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो ।’
प्रधानमन्त्रीको यो पोष्टलाई कसरी लिन सकिन्छ भने पछिल्लो समय स्वतन्त्र र राजावादीहरुले दलका कार्यकर्तालाई ‘झोले’ भन्ने गरेको सुनिन्छ । सामाजिक सञ्जालमा समेत यस्तै शब्द प्रयोग बढिरहेको छ । यसैबेला तिनीहरुलाई प्रधानमन्त्रीले जवलफ दिएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री ओलीले ‘म झोले हो’ पोष्टर सार्वजनिक गरेसँगै अन्य नेता र कार्यकर्ताले पनि आफ्नो फोटो राख्दै पोष्ट गर्न थालेका छन् । साथै, नेपाली कांगे्रसका सभापति शेरशादुर देउवाले पनि ‘म झोले हो’ पोष्टर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् ।