Logo
Logo

राजतन्त्रको पक्षपोषण गर्नेहरू दास मानसिकताका हुन् : ओली 


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा विचित्र लागेको बताए ।

The current image has no alternative text. The file name is: kp-oli-3.jpg

उनले भने, ‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठुलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठुला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ । दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ । केही छैन ।’ राजतन्त्रको माग लिएर आउनेहरूको चेतना देख्दा दया लागेर आउने ‌ओलीले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्