Logo
Logo

कसैलाई रिस उठ्यो भन्दैमा गृहमन्त्रीको राजीनामा हुँदैन : प्रधानमन्त्री ओली


504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेको विषयमा कडा आलोचना गरेका छन् । सोमबार आफ्नो पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले विपक्षीको मागलाई आधारहीन र रिसको भरमा गरिएको बताए ।

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा कर्मचारीलाई सोधपुछ गरेको विषयलाई लिएर विपक्षीले गृहमन्त्रीको राजीनामा मागेको दाबी गरे । “तथ्य र प्रमाणबिना गृहमन्त्रीलाई छुनुपर्ने अवस्था छैन। अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधपुछ गर्‍यो भन्ने आधारमा राजीनामा मागिएको छ । के सोधियो, त्यो पनि थाहा छैन, बयान पनि लिइएको छैन,” उनले भने । “रिस उठ्यो भन्दैमा राजीनामा माग्ने कुरा हुँदैन ।”

उनले विपक्षीको संसद् अवरोध गर्ने शैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे । “सधैँ संसद् अवरोध गर्ने ? दुई जना उभिएर कराएपछि संसद् अवरोध हुने ? यो ज्यादती धेरै भयो,” ओलीले भने ।

प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको चरित्रमाथि पनि व्यङ्ग्य गरे । उनले माइतीघर मण्डलामा कुनै पनि विषयमा आन्दोलन भएमा विपक्षी दलहरूले समर्थन गर्ने गरेको टिप्पणी गरे । “कसैले सापटी लिएको पैसा नपाएर माइतीघर मण्डलामा आन्दोलन गर्‍यो भने पनि विपक्षी दलहरू कुदेर त्यहाँ पुग्छन् । ‘हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिन्छ, माग पूरा गराउनुपर्छ’ भन्छन्,” ओलीले कटाक्ष गरे ।

प्रतिक्रिया दिनुहोस्