Logo
Logo

नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने 


630
Shares

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा टस जितेको छ । स्कटल्याण्डको डुन्डिमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

The current image has no alternative text. The file name is: cricket.gif

 टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड सिरिजमा घरेलु टोली र नेपाल सहित नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

नेपालको प्लेईङ-११

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, रिजन ढकाल

प्रतिक्रिया दिनुहोस्