Logo
Logo

दक्षिण अफ्रिकाका क्रिकेटर हेनरिकले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास


1.2k
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर हेनरिक क्लासेनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले इन्स्टाग्राममार्फत यो निर्णय सार्वजनिक गरेका हुन् । 

क्लासेनले लेखे, ूआज मेरो लागि निकै भावुक दिन हो । मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु ।’उनले भने,’मेरो र मेरो परिवारको भविष्यलाई ध्यानमा राखेर यो निर्णय लिन मलाई लामो समय लाग्यो । यो निकै कठिन निर्णय थियो, तर म अब यसबाट पूर्णरूपमा सन्तुष्ट छु ।’

क्लासेनले ६० एकदिवसीय खेलमा ४३.६९ को औसतले २१४१ रन बनाए, जसमा उनको उच्चतम स्कोर १७४ थियो । त्यस्तै, ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १४१.८५ को स्ट्राइक रेटले १००० रन बनाएका छन् । यसअघि, उनले सन् २०२४ को जनवरीमा चार टेस्ट खेल खेलेपछि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्