
काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३औँ स्मृति दिवसको अवसरमा पूर्वराजपरिवारका सदस्यहरूले कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरेका छन् । हिमानी ट्रष्टद्वारा आयोजित उक्त कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह सहभागी भए ।
हिमानी ट्रष्टकी अध्यक्ष पूर्वरानी कोमल शाह र उपाध्यक्ष हिमानी शाह हुन् । ट्रष्टले २०५८ जेठ १९ मा नारायणहिटी दरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको सम्झनामा दरबार परिसरमै दीप प्रज्वलन कार्यक्रम गर्ने योजना बनाएको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएपछि कमलादीको गणेश मन्दिरमा कार्यक्रम आयोजना गरिएको ट्रष्टले जनाएको छ ।














