Logo
Logo

भट्टको नियुक्तिले ओली–प्रचण्ड थप विवाद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीचको सम्बन्धमा थप तिक्तता आएको छ । विवादास्पद पृष्ठभुमीका सुशील भट्टलाई सिईओ नियुक्त गरिएकोमा प्रचण्डले असन्तुष्टी जनाएका छन् ।


मंगलबार बालुवाटारमा भएको छलफलमा प्रचण्डले असन्तुष्टि जनाएका हुन् । बिचौलिया पृष्ठभुमीका र दर्जनौं ठेक्का लिएर अलपत्र पार्ने समूहका भट्टलाई सिईओ नियुक्त गरिएकोमा आलोचना हुँदै आएको छ ।
भट्ट आबद्ध केही कम्पनीलाई सरकारले नै कालोसूचिमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्