Logo
Logo

करणको शानदार ब्याटिंगमा नेपालको ऐतिहासिक जित


1.1k
Shares

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । गएराति डण्डीमा सम्पन्न खेलमा करण केसीको शानदार ब्याटिंगमा स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । ​

स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाए । त्यस्तै कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए ।

स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो।

स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए। त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए । अब नेपालले अर्को खेल भोलि नेदरल्याण्डससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्