
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदैछन् ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हुन लागेको कार्यक्रममा सहभागि हुन उनी आज बिहान ९ बजे हेलीकोप्टरमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जान लागेका हुन् ।
चार हजार एक सय ९० मिटरको उचाईमा रहेको आधार शिविरमा ओलीले अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण र खुला सङ्ग्रहालयको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर जाने कार्यक्रम छ ।














