
काठमाडौं । सरकारले दुई विदेशी कम्पनीसहित ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।
कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् ।
मरुशिन र पीएच–एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।















