Logo
Logo

बरहथवामा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु


252
Shares

काठमाडौं । सर्लाहीमा नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा चालक ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो ।

मोटरसाइकल पुलबाट खस्दा टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेका रायको उपचारका क्रममा एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्