Logo
Logo

गंगानारायण समूहका १६ जना बने माओवादीको केन्द्रीय सदस्य


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकतामार्फत नेसपाबाट आएका गंगा नारायण श्रेष्ठ समूहका नेताहरूलाई पदीय जिम्मेवारी दिएको छ ।

शुक्रबार खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ १२ गते एकता प्रक्रियामार्फत आएका गंगा श्रेष्ठसहितका नेताहरुको पदीय जिम्मेवारी तोकेकोे हो । श्रेष्ठलाई सचिव पद दिइएको छ भने कल्पना सुवेदी केन्द्रीय सल्लाहाकार बनेकी छन् ।

साबिक पार्टीको अन्य पदमा रहेका नेताहरूलाई सोही अनुसार पद व्यवस्थापन गरिएको माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

जसमा केन्द्रीय समिति सदस्य पाउनेहरु बन्दना सुवेदी (सिन्धुली), सुरद बहादुर स्याब्तान (सिन्धुली), अक्कल बहादुर थिब (काभ्रे), राजेन्द्रकुमार किँराती (संखुवासभा), खुम्बराज खत्री (उदयपुर), दुर्गादेवी न्यौपानेभट्टराई (गोरखा), ज्ञानेन्द्र कुमाल (गोरखा), रमेश पोखरेल (गोरखा), शिव सुन्दर शाही (अछाम), राम कैलास यादव (सर्लाही), वेद प्रसाद आचार्य (वाँके), नरेन्द्र नाथ योगी (जुम्ला), सोविन थिब (मकवानपुर) र महेन्द्र बहादुर शाही (बाजुरा) रहेका छन् ।

त्यस्तै बैकल्पिक केन्द्रीय सदस्यहरुमा होम कुमारी दोब (काभ्रे) र नहेन्द्र प्रधान (दोलखा) छन् ।

प्रतिक्रिया दिनुहोस्