Logo
Logo

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो


504
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सदनको अवरोध अन्त्यका लागि पहल जारी रहेको भन्दै दिउँसो २ बजेलाई सारिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्रीले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।

लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्