काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३५.०७ अङ्क अर्थात् १.३० प्रतिशतले ओरालो लागेको छ । बजार आज भारी अङ्कले ओरालो लागेसँगै २,६५९.५९ विन्दुमा पुगेको छ ।

बजारमा कुल ६.६८ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमा १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ७५,५०८ कारोबारमा ३१५ कम्पनीको सेयर किनबेच भएको छ ।
दिनको उत्कृष्ट प्रदर्शन गर्नेमा ओएमपिएल १० प्रतिशतले बढेको छ । शुद्ध ऊर्जा लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । आज ओरालो लाग्नेमा सप्तकोशी विकास बैङ्क लिमिटेड, कर्पोरेट विकास बैङ्क लिमिटेड र प्राइम कमर्सियल बैङ्क लिमिटेड रहेका छन् ।
कारोबार रकममा राधीले ६० करोड १५ लाख, यूपीसीएलले ४१ करोड १५ लाख र एनजीपीएलले ४० करोड ३० लाखसहित अग्र स्थानमा रहेका छन् । भोल्युममा एनजीपीएलको १० लाख ४३ हजार कित्ता र यूपीसीएलको ९ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ ।
बजारमा ३४ कम्पनीको सेयर मूल्य बढ्यो भने २१४ को घट्यो, कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन, जसले बजारमा नकारात्मक प्रवृत्ति देखाएको छ।











