Logo
Logo

लुम्बिनी प्रदेशका रैनकले बनाए कीर्तिमानी २१७ रन


756
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका रैनक श्रीवास्तवले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी २१७ रन बनाएका छन् । वीरेन्द्रनगर क्रिकेट मैदानमा जारी खेलमा उनले गण्डकी प्रदेशविरुद्ध उक्त रन बनाएका हुन्। उमेर समूहमा सम्भवतः यो कीर्तिमानी व्यक्तिगत रन हो ।

११७ बल खेलेका उनले समान १६ चौका र छक्का प्रहार गरे । उनको यो विशाल इनिङ्ससँगै लुम्बिनीले गण्डकीलाई ४०४ रनको लक्ष्य दिएको छ ।लुम्बिनीका लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६० रन बनाए । आसिफ खान २५ र समीर अली १७ रनमा आउट भए। गण्डकीले ४७ रन त अतिरिक्त नै दिएको थियो ।

गण्डकीका करण गैरेले सर्वाधिक ३ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले ५० रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस्