Logo
Logo

कांग्रेस र एमाले संविधान संशोधनको वाचा बिर्सिए


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको सात बुँदे सहमति कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाएका छन् । सत्ता सञ्चालनमा तल्लीन हुँदा दुवै पार्टीले संविधान संशोधनको मूल वाचालाई बिर्सिएको उनको भनाइ छ ।

The current image has no alternative text. The file name is: Gagan-Thapa-1.jpg

“कांग्रेस र एमालेले सात बुँदे सहमति गर्दै संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरेका थिए, तर हामीले त्यो वाचा पूरा गर्न सकिरहेका छैनौँ । सत्ताको रस्साकस्सीमा यति मस्त भयौँ कि संविधान संशोधनको मुख्य मुद्दा नै बिर्सियौं,” थापाले भने । उनले सत्ता सन्तुलनका लागि आवश्यक संविधान संशोधन प्रक्रियामा ढिलाइ गर्नु नागरिकप्रति बेइमानी हुने भन्दै तत्काल संशोधन कार्य अघि बढाउनुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले संविधानलाई ‘हाइवे’ को संज्ञा दिँदै समस्या संविधानमा नभई त्यसलाई सञ्चालन गर्ने ‘गाडी’ र ‘चालक’ मा रहेको बताए । “सुशील कोइरालाको नेतृत्वमा निर्मित संविधान एउटा हाइवे हो, जुन हामीले बनाएका थियौँ । तर, अहिले गाडीहरू जीर्ण बन्दै छन्, चालकहरूले गाडी राम्ररी कुदाउन सकिरहेका छैनन् । अब गाडी मर्मत गर्ने र चालक फेर्ने बेला आएको छ, बाटो नै फेर्नुपर्छ भन्ने होइन,” उनले प्रस्ट पारे ।

उनले व्यवस्था परिवर्तनको कुरा उठाउनुको सट्टा सुधार गरेर अघि बढ्नुपर्ने बताए । “पुरानो गाडी खराब हुँदैन, समयअनुसार त्यसलाई अपडेट गर्नुपर्छ । चालकले गाडी राम्ररी चलाउन नसके चालक फेर्नुपर्छ, तर बाटो नै बदल्ने कुरा गलत हो,” थापाले भने ।

संविधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको पार्टीका हैसियतले नेपाली कांग्रेसले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएका हौँ । यसमा समस्या देखिएको छ भने हामीले नै मिलाउने र टिकाउने हो,” उनले भने। लोकतन्त्रलाई थप सुदृढ बनाउँदै नागरिकको जीवनस्तर उकास्ने गरी काम गर्नुपर्ने उनले जोड दिए  ।

प्रतिक्रिया दिनुहोस्