
एजेन्सी । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कडा आलोचना गरेका छन् । डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डज) को १२९ दिनसम्म नेतृत्व गरेका मस्कले त्यसबाट बाहिरिएको केही दिनमै ट्रम्प प्रशासनको कडा आलोचना गरेका हुन् ।
उनले ट्रम्पको ट्याक्स तथा खर्चसँग सम्बन्धित विधेयकको कडा आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त विधेयकलाई ‘घृणाजनक’ भनेका छन् । जसले यसको पक्षमा भोट दिए ‘उनीहरूलाई शरम लाग्नुपर्छ,’ मस्कले लेखेका छन् ।
‘ट्रम्पको ट्याक्स तथा खर्चसँग सम्बन्धित विधेयक गत मेमा अमेरिकाको हाउस अफ रिप्रेजिन्टेटिभबाट पास भएको थियो । यो कानुनमा ट्रिलियन डलरभन्दा बढीको ट्याक्स छुट, रक्षा खर्चमा बढोत्तरी तथा अमेरिकी सरकारलाई बढी ऋण लिन अनुमति दिनेलगायतका विषय छन् ।











