Logo
Logo

मौसम विभागले जारी गर्‍यो २४ घण्टे चेतावनी


3.6k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा जारी रहने जानकारी दिएको छ ।

महाशाखाले अहिले बिहान ८ बजे आगामी २४ घण्टे बुलेटिन जारी गर्दै परामर्श तथा चेतावनी दिएको हो । आज बिहानदेखि कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै, बागमतीका काठमाडौं लगायतका स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिथनमा भनिएको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । यसकारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्