Logo
Logo

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसद्‍मै जवाफ दिने


819
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै जवाफ दिने बताएका छन् । आज (बुधबार) बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिजिट भिसा प्रकरणबारे सांसदहरुले प्रश्न गरेपछि उनले संसदमै बोलेर जवाफ दिने बताएका हुन् ।

उनले भने, ‘यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु । समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ । संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन आग्रह गर्दछु ।

प्रतिनिधिसभाको बैठक आज पनि अपराह्न १ बजेका लागि बोलाइएको छ । तर, भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले आफ्नो अडान कायम राखेपछि मंगलबार बैठक बस्दै नबसी स्थगित भएको थियो ।

आज पनि संसद् बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन । विपक्षी दलहरुले गृहमन्त्रीले राजीनमा दिनुपर्ने, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने लगायतका माग राख्दै संसद अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्